शनिबार, बैशाख १५, २०८१

विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सिङ्गापुर सर्भेयर टोली नेपालमा

 काठमाडौं  माघ २, 
आइतबार विहान पोखरामा भएको यती विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।  दुर्घटनाका कारण क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको हो ।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न दिएको निर्देशन एवम  दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि जानकारी दिदै पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा सहज रुपमा रकम भुक्तानी हुने बताउनुभयो ।

स्मरण रहोस नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रत्येक हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुने जानकारी संगै चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक९फरक हुने जनाएको छ ।आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।