बिहिबार, बैशाख १३, २०८१

पहिचान भएका २४ शवको परीक्षण सकिएसंगै आफन्तलाई बुझाइने, बाँकी शव मङ्गलबार काठमाडौँ ल्याइने

काठमाडौं  माघ २, 
आइतबार विहान पोखरामा भएको यती विमान दुर्घटना दुर्घटना परि निधन भएका यात्रुको फेला परेको ७० जनाको शव मध्ये २४ जनाको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। त्यस्तै पहिचान भएको शव मध्ये २४ जनाको शवमात्र पोखरामा परीक्षण गरिने र शवको परीक्षण सकिएसंगै पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको जानकारी दिएका छन ।

पहिचान भएका र पोखरामा परीक्षण हुने शव क्रमस त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, सदाकत अलि , लक्ष्मी पौडेल र निरा छन्त्याल , विजयकुमार गुरुङ रहेका छन । त्यस्तैगरि लक्की गुरुङ, शालिकराम आचार्य, डा गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव रहेको कास्की प्रहरीले जनाएको छ।

यसैवीच पहिचान नभएका बाँकी शवसंगै विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शवको काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षणका लागि हेलिकप्टरमार्फत मङ्गलबार काठमाडौँ ल्याइने जनाएको छ।