शनिबार, बैशाख १५, २०८१

यस्तो छ सत्ता गठबन्धनको प्रादेशिक नेतृत्वको भागबन्डा, कुन प्रदेशको मुख्यमन्त्री कसको पोल्टामा ?

काठमाडौं पुस २५,
सत्ता गठबन्धनको आइतबार साँझ बालुवाटारमा बसेको बैठकले प्रदेश नेतृत्वको भागबन्डामा सहमति कायम गरेको छ। सत्ता गठबन्धनवीच भएको सहमति अनुसार प्रदेश १ एमालेको नेतृत्वमा सञ्चालन हुने भएको छ भने मधेस प्रदेशमा आलोपालो अन्र्तगत पहिलो कार्यकाल जसपाले त्यसपछिको दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने सहमति बनेको छ । त्यस्तै वाग्मती प्रदेशमा पनि पहिलो कार्यकाल माओवादी नेतृत्वले दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति बनेको छ ।

\त्यसैगरि गण्डकी र लुम्बिनी प्रदेशमा एमालेले सञ्चालन गनेृ भएको छ भने कर्णाली प्रदेश माओवादी केन्द्रले सञ्चालन गर्ने सहमति बन्दै गर्दा सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो नेर्तत्व गर्ने भएको छ ।

त्यस्तै सभामुखको हकमा भने मधेश र कर्णाली प्रदेशमा एमालेको भागमा परेको छ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश माओवादीको भागमा परेको छ । त्यस्ते बाग्मती प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीको भागमा परेको छ ।

त्यस्तै उपसभामुखको दावी अन्र्तगत प्रदेश १ र गण्डकी प्रदेशमा एमाले, बागमती र कर्णाली प्रदेशमा माओवादी,लुम्बिनी प्रदेशमा राप्रपा,मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिले पाउँने भएको छ।