बुधबार, बैशाख २६, २०८१

संसद्को आजको बैठकमा एक दर्जन राजनीतिक दलका नेतृत्वले सम्बोधन गर्ने

 प्रधानमन्त्री प्रचण्डले मङ्गलवारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव टेवल गर्ने

काठमाडौं पुस २५,
आजदेखि सङ्घीय संसद्को अधिवेशन प्रारम्भ हुँदैछ । राजधानीको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुने संसद सचिवालयले जनाएकोछ ।

संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेबाट शुरु हुनेछ । बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताको शुभकामना मन्तव्यसंगै सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आजको बैठकमा नेपालको संविधानको धारा ७६ उपधारा २ बमोजिम नियुक्त भएका प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोही धाराको उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् भने प्रधानमन्त्री प्रचण्डले भोलि मङ्गलवारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव टेवल गर्नु हुनेभएको छ।

त्यस्तै माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचनका कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।