बिहिबार, बैशाख १३, २०८१

आजबाट सङ्घीय संसद्को अधिवेशन प्रारम्भ हुँदै

काठमाडौं पुस २५,
आजदेखि सङ्घीय संसद्को अधिवेशन प्रारम्भ हुँदैछ । राजधानीको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछ संसद सचिवालयले जनाएकोछ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वान र प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने कार्यसूची रहेको जनाएको छ।

यस्तै प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन आजको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको जनाउँदै सचिवालयले आज संसदमा १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिने कर्यक्रम समेत रहेको छ ।

त्यस्ते सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य रहनु भएको पशुपति शम्शेर जबराले आजको बैठकमा पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारे जानकारी दिने कायएसूची समेत रहेको छ। यसअघि गत पुस ७ गते प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जवराले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।