शुक्रबार, बैशाख १४, २०८१

एमाले अध्यक्ष ओलीलाइ सत्ता साझेदार दलको संयोजकको जिम्मेवारी

पुस २९ मा  विश्वासको मत लिने प्रम प्रचण्डको तयारी

 काठमाडौं पुस १४ ,
नेकपा एमाले सहित सात दलको समर्थनमा संविधानको धारा ७६ को २ अनुसार गठन भएको नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागि सत्ता साझेदार दलको आज बसेको बैठकले सत्ता साझेदार दलको संयोजकको जिम्मेवारी एमाले अध्यक्ष केपी ओलीलाइ दिएको छ।

प्रमको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको बैठकले सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउनका लागि भएको सहमति अनुरुप ओलीलाई संयोजक तोकेको जानकारीदिदै गृहमन्त्री रवि लामिछानेले प्रस्तुत समितिमा अन्य दलका सदस्य पनि सहभागी हुने बताउनुभयो ।

त्यस्तै बैठकले प्रधानमन्त्रीले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी सहित राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रतिनिधिसभाको दोस्रो बैठक २९ पुसमा बोलाउने र त्यही दिन विश्वासको मत लिने प्रचण्डको तयारी गरेको थाहा भएकोछ । साथै सरकारले विस्वासको मत प्राप्त गरेसंगै मन्त्रिपरिषद् विस्तार गर्ने गरी प्रधानमन्त्रीको सचिवालयको तयारी रहेको बुझिएको छ।