शुक्रबार, चैत्र १६, २०८०

नव निर्वाचित बागमती प्रदेश सभाका सदस्यहरूलाइ शपथ

 काठमाडौं पुस १४ ,
बागमती प्रदेश सभाका सदस्यहरूले आज एक कार्यक्रमकावीच पद तथा गोपनियताको शपथ लिएका छन । प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहणको क्रममा प्रदेश सभा सदस्यहरुमध्ये तीन जनाले तामाङ, १२ जनाले नेवारी र ९४ जनाले नेपाली भाषामा शपथ लिनुभएको प्रदेश सभा सचिवालयले जनाएकोछ ।

शपथ ग्रहण कार्यक्रममा प्रदेश सभामा पूर्व मुख्यमन्त्रीहरू डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ, निवर्तमान उपसभामुख राधिका तामाङलगायत पूर्व मन्त्रीहरूको उपस्थिति थियो ।