शनिबार, बैशाख १५, २०८१

उपत्यका लगायत देशभर तापक्रमघटेसंगै बढ्यो चिसो

काठमाडौं पुस १३ ,
मौसम पूर्वानुमान महाशाखाले विगत केही दिनयतादेखि उपत्यका लगायत देशभरको तापक्रम क्रमिकरूपमा घट्दै क्रम बढेसंगै चिसो बढ्दै गएको जनाएको छ ।

महाशाखाले आज काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जनाउँदै मङ्गलबारको तुलनामा आज निकै चिसो बढेको जनाएको छ।

स्मरण रहोस मङ्गलबार काठमाडौँको तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४डिग्री सेल्सियसमा झरेको हो । यसरी न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको महाशाखाको भनाइ रहेको छ ।