बिहिबार, चैत्र १६, २०७९

गीतकार तामाङको नयाँ कोसेली ‘तिमी सागर’सार्वजनिक [भिडियो सहित]

 काठमाडौं पुस १२ ,
गीतकार टेक तामाङको पछिल्लो नयाँ कोसेली ‘तिमी सागर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, साहस शाक्यको सङ्गीत संयोजन रहेको गीतमा टेक तामाङ अफिसियल युट्युब च्यानल’ बाट सार्वजनिक भएको हो ।

गीतमा जलचक्रको माध्यमबाट हिमाल र सागरको अनवरत मिलन भए जस्तै प्रेम एक अनुभूति हो । जसलाई भौगोलिक दूरीले त्यति फरक पार्दैन भन्ने भाव भूमिमा सृजना भएको छ । प्रेमीले भन्छ‚ ‘तिमी सागर, तिमी गहिरिंदैजाऊ, तिमी फैलिदैजाऊ’ अनि प्रेमिकाले भन्छ९ ‘तिमी हिमाल, तिमी अग्लिदैजाऊ, तिमी चम्किदैजाऊ’।समर्पित भाव बोकेको गीतमा हिमालको रूपमा प्रेमी र सागरको रूपमा प्रेमिकालाई चित्रण गरिएको छ।

नेपाल प्रहरी सेवाको डिआइजी समेत रहेका गीतकार तामाङको यसअघि ‘नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी‚ पछिल्लो कोशेली ‘तिमी सागर’ सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन ।
एभरेस्ट ग्यालरीको ब्यानरमा बनेको म्युजिक भिडियोमा सनम कठायत र रिचा थापाले अभिनय गरेका छन । दीपक गिरीले छायाङ्कन, विकास दाहालले भिडियो सम्पादन र जनक सिंहको निर्देशन रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930