शुक्रबार, बैशाख १४, २०८१

निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समयसिमा माघ १५ गतेसम्मका लागि थप

काठमाडौं पुस १३ ,
नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्मका लागि थप गरेको छ।

यसघि काँग्रेसले निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि पुस १५ गतेसम्म निर्धारण गरेको थियो । यसवीचमा पार्टी मातहतका स्थानीय तहबाट म्याद थप्नुपर्ने विषयमा प्राप्त सुझाव अनुसार अवधि थप गरिएको पार्टी नेपाली काँग्रेस मुऋयालयले जनाएको छ।

ज्ञात रहोस , कांग्रेसले सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको छ ।