शनिबार, बैशाख १५, २०८१

बागमती प्रदेशको प्रदेशसभा बैठक पुस १८ का लागि आह्वान

 बागमती प्रदेशका ज्येष्ठ सांसद ढुङ्गानाको शपथ, बाँकी सदस्यको शपथ विहिवार

काठमाडौं पुस १३ ,

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाइ पद तथा गोपनीयताको शपथ दिलाउनुभएके छ। बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा ढुङ्गानालाइ प्रदेश प्रमुख शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउनुभएको हो । ढुङ्गाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्य हुनुहन्छ ।

त्यस्तै ज्येष्ठ सदस्य ढुङ्गानाले विहिवार प्रदेशसभाका निर्वाचित बाँकी एक सय नौ जना प्रदेशसभा सदस्यको शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएकोछ ।

यसैवीच बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।