बिहिबार, बैशाख ६, २०८१

कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

काठमाडौं पुस १३ ,
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । प्रदेश संसदीय दलको नेता चयनको क्रममा सहमति बन्न नसकेपछि भएको निर्वाचन प्रक्रिया मार्फत कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित दलको नेतामा निर्वाचित हुनुभएको हो ।

दलका नेताका लागि निर्वाचमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य लदमावीच प्रतिस्प्रर्धा भएको हो । तर लामाले २१ मत प्राप्त गर्दै गर्दा बानियाँले १६ मत प्राप्त गर्नुभएको जानकारी प्राप्त भएको छ। मतदानमा काँग्रेसका ३७ जना प्रदेशसभा सदस्यले मतदान गनरेको थियो ।