शनिबार, बैशाख १५, २०८१

आजदेखी नारायणगढ मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

 काठमाडौं पुस ५ ,
आजदेखी नारायणगढ मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा बन्द हुने भएको हो ।

नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने जानकारी दिनुभयो

सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सकिएपनि बाँकी चारवटा पुल निर्माणका लागि ठाडो पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालनमा रोक लगाउनु परेको जनाउँदै प्रमुख कार्कीले उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न पर्ने जानकारीदिनुभयो ।

यसवीचमा काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ भने काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ।बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिने स्थानीय प्रशासनलेले जनाएको छ।