मङ्लबार, बैशाख ४, २०८१

कांग्रेस संसदीय दलको नेता चयनका लागि मनोनयन दर्ता हुँदै

काठमाडौं पुस ५ ,
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मनोनयन दर्ताको कार्यक्रम सञ्चालन हुने भएको छ।

यो समाचार तयार पार्दाको समयसम्मा प्राप्त जानकारी अनुसार संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी रहेको बुझिएको छ। आज मनोनयन दर्ता भएसंगै बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

स्मरण रहोस कांग्रेसका प्रत्यक्षबाट ५७ तथा समानुपातिकबाट ३२ गरी ८९ सांसद रहेका छन् । ४५ मत ल्याउने उम्मेदवार कांग्रेस संसदीय दलको नेता बन्नेछ निर्वाचन समितिले जनाएको छ ।