बिहिबार, चैत्र १६, २०७९

पुस ६ गते कांग्रेसले  संसदीय दलको नेता छान्ने [निर्वाचन कार्यतालिका सहित]

काठमाडौं पुस ४,
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते हुने भएको छ ।कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचनका लागि प्रकाशित निर्वाचन कार्यतालिका आज सार्वजनिक गरेको हो ।

प्रकाशित निर्वाचनतालिमा मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुने छ भने मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जजनाउँदै दलको नेतामा उम्मेदवार बन्न चाहने आकंक्षीका लागि उम्मेदवारी दर्ता शुल्क रु ५१ हजार निर्धारण गरिएको जनाएको छ।

कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै मतगणना गरी परिणाम घोषणा गरिने निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बेले जारी गर्नुभएको सूचनfमा उल्लेख गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930