शुक्रबार, बैशाख १४, २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

 काठमाडौं पुष ३,
सत्तारुढदल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयसँगै नयाँ सरकार गठन, पार्टीको संसदीय दलको निर्वाचनमा सहमति कायम गर्ने लगायतका थप विभिन्न विषयगत एजेन्दामा छलफल हुने जानकारि दिनुभएकोछ ।

त्यस्ते मुख्यसचिव पौडेलले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जानकारी दिनुभएकोछ ।