मङ्लबार, बैशाख ४, २०८१

सत्ता र शक्तिका लागि दलीय समीकरण, अग्रगमणको भावना कुर्सी मोहका लागि स्खलित

 काठमाडौं पुष ३,
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन मार्फत प्राप्त जनादेश अनुरुप नयँ सरकार गठन देखि राष्ट्रपति र प्रधानमन्त्री चयनका लागि मुलुकको प्रमुख राजनैतिक दलहरु पछिल्लो समय भागबन्डा सहितको संवाद र छलफलमा व्यस्त हुँदै आएको छ। आम निर्वाचनमा अभिव्यक्त जनमत अनुसार कुनैपनि दलको बहुमत नभएका कारण नयाँ सरकार गठन देखि राष्ट्रपति चयन सम्मको एजेन्दामा दलहरू ‘मिल्नैपर्ने वाध्यतात्मक अवस्था रहेको छ।

यसवीचमा मौजुदा ५ दलीय गठबन्धन अवका दिनमा पनि ‘मिलेरै अगाडीबढ्नु पर्ने जिकिर सहित आ-आफ्नो पार्टीको आन्तरिक छलफलमा जुटेका छन भने विपक्षी दल एमाले भने मौजुदा गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने प्रयासमा दागि परेका छन । यहाँसम्मकी मौजुदा ५ दलिय गठबन्धन भत्काउँनका लागि एमालेले जुनसकुै कदम सम्झौता पनि गर्न सक्ने सम्मको अभिव्यक्ति सहित आफु भन्दा सना दलका नेतालाइ प्रधानमन्त्री सम्म स्वीकार गर्न सक्ने भन्दै प्रधानमन्त्रीकको ललिपप देखाउँदै आएका छन । यदि यसवीचमा गठबन्धन भत्काउँन सकएिन र यही समीकरण रहिरहे सत्ता र शक्तिका कुनै पनि पद एमालेले नपाउने पाय निश्चितभएसंगै र ५ दलीय गठबन्धनमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको भागबन्डा मिलिनसकेको अवस्थाको फाइदा लिदै एमालेले प्रधानमन्त्रीको ललिपपको चस्का देखाउँन थालेको हो ।

त्यस्तै ५ दलीय गठबन्धन भित्र पनि निर्वाचन अघि देखिएको तत्कालीन प्रतिगमन विरुद्ध देखिएको अग्रगमणको भावना कुर्सी मोहका लागि स्खलित हुँदै आएको छ। पछिल्लो समय आफुले भने जस्तो नभए एमालेसँग नयाँ समीकरण हुनसक्ने भन्दै प्रचण्डले छोरी कुटेर बुहारी तर्साउने खेल खेल्न थालेको एक काग्रेसी नेताले बताएका । त्यस्तै ती नेताले भने प्रचण्डको यस्तै रवैया हो भने काँग्रेस र एमाले मिलेर सरकार बनाएने हो भने सबै तन्ता साफ हुने दावी समेत गरे ।