शुक्रबार, बैशाख १४, २०८१

निर्माण कम्पनीको लापरवाही , सुनधारामा पानी पठाउने पाइप नष्टगरेसंगै रोकियो धरहरा पुनः निर्माण

काठमाडौं मंसिर २७,
ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेको महानगर वडा न २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिनुभयो ।

 त्यस्तै उहाँँले ऐतिहासिक धरहरा पुनः निर्माणको क्रममा निर्माण कम्पनीले सुनधारामा पानी पठाउने काठको लामो पाइप नष्ट गरी एक लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गर्ने तयारी गरेसंगै धरहरा पुनः निर्माणको बाँकी काम रोकिएको जानकारी निुभयो ।

साथै उहाँले भने अवको चरणमा विज्ञको रोहवरमा मात्र सुनधारा पुनःनिर्माणको काम अघि बढाउने जनाउ सहित यसको लागि प्रत्यके दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको बताउनुभयो ।

स्मरण रहोस विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेको यस सम्पदाको भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको कामले गति लिएको हो भने धरहरा टावरको पुनर्निर्माण सम्पन्न भएको भन्दै २०७८ वैशाख ११ गते नै उद्घाटन गरिएको डेढ वर्ष बितिसक्दासम्म टावर आसपासको अन्य निर्माणको काम सम्पन्न हुन सकेको छैन ।