शनिबार, बैशाख ८, २०८१

२८ लाख घुस लिएको आरोप सहित इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध मुद्धा दायर

काठमाडौं मंसिर २७,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नं। ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध खानेपानी सम्बन्धी कामको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २८ लाख घुस लिएको माग दावी सहित आज बिशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गत कार्तिक २ गते इन्जिनियर सत्याल र प्लम्बर थापालाइ १६ लाख नगद र १२ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।

त्यस्तै आयोगले दायर मुद्धामा अनुसन्धानको सिलसिलामा आयोगले इन्जिनियर सत्याल र प्लम्बर थापाले बिभिन्न आर्थिक बर्षहरुको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा रु २८,लाख  घुस लिएको पुष्टि हुन आएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा [१] को कसुर भएको हुँदा २८ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा [१] र दफा ३ को उपदफा [१] को देहाय [छ] बमोजिम सजाय हुन मागदावी लिईएको उल्लेख गरेका छन ।