शुक्रबार, बैशाख १४, २०८१

फिफा विश्वकप : क्रोएसियालाई ३–० हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

काठमाडौं मंसिर २८,
कतारमा जारी फिफा विश्वकप फुटबलको गएराती भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोल अन्तरमा पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा पुगेको छ।

अर्जेन्टिना र क्रोएसियावीच भएको खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत प्राप्त अवसरलाइ सदुपयोग गर्दै मेस्सीले गोल आफ्नो टिमलाइ अग्रता दिलाएका थिए। त्यस्तै ३९ औं मिनेटमा दोस्रो गोल र खेलको ६९ औं मिनेटमा मेस्सीको शानदार असिस्टमा अल्भारेजले अर्को गोल गरेको हो ।

अर्जेन्टिना फाइनलमा प्रवेशगरेसंगै अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीच बुधवार हुने दोस्रो सेमिफाइनल मार्फत बन्ने विजेता टिमसँग प्रतिस्पर्धा गर्ने छ।