शनिबार, बैशाख १५, २०८१

जनमत पार्टीले बुझायो संघ र प्रदेशसभा समानुपातिक सदस्यको नामावली

काठमाडौं मंसिर २४ ,
जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । संघीय सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । त्यस्ते प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्यमा निर्वाचित भएकोछ ।

पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र वशन्तकुमार कुशवाहा सोनु मुर्मर र बिनिताकुमारी सिंह अब्दुल खान र गोमा लामा सापकोटाको नाम चयन गरेको छ।

त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत र अनिताकुमारी साह , चन्दनकुमार सिंह , रञ्जुकुमारी खंग म, वशन्तकुमार कुशवाहा हसिना खातुन र भाग्यश्री कुमारी चौधरीको नाम चयन गरेको छ। त्यस्तै लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन शर्मा रायमाझी र गिता गुरुङको नाम चयन गरेको छ।