शुक्रबार, बैशाख १४, २०८१

स्विजरल्यान्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौँ मंसिर २१,
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत मंगलवार भएको प्रि-क्वार्टरफाइनलमा स्विजरल्यान्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलका लागि गोन्सालो रामोसले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गरेको ह्याट्रिक गोल गर्दै गर्दा स्विजरल्यान्डका लागि ५८औँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काए पनि पोर्चुगलको तर्फबाट भएको थप ३ गोल सहित स्विजरल्यान्डलाइ ६-१ को गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अन्तिम आठमा पुगेको पोर्चुगलले अवको चरणमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।