शनिबार, बैशाख ८, २०८१

एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने संभावना क्षिण बन्दै

काठमाडौँ मंसिर २०,
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फ संख्या १ करोड ५ लाख ६० हजार ६७ सदर मतको गणना सकिदै गर्दा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा ,राप्रपा ,जसपा र जनमत पार्टीले मात्र थ्रेसहोल्ड पार गर्न सफल भएको जनाएको छ।गणना हुँन् बाँकी मत सख्या हेर्दा अब थप राजनीतिक पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना लगभग समाप्त भएको आयोग सम्वद्ध स्रोतले जनाएको छ ।

सात दलबाहेक थप दल प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ सिट जितेपनि नेकपा एस लगायतका बाँकी दलले समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत मत अर्थात थ्रेसहोल्ड कटाउन नसक्दा तीदलले राष्ट्रिय दलको मान्यता पाउन नसक्ने जनाउँदै राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्ने आयोगले जनाएको छ ।

यसवीचमा प्रत्यक्षतर्फ १० सिट जितेर पनि नेकपा एकीकृत समाजवादीले समानुपातिकको थ्रेसहोल्ड कटाउनका लागि आवश्यक मत सख्या ३ लाख १७/१८ हजार मत प्राप्त गर्न नसक्दा राष्ट्रिय दलको मान्यता पाउँने संभावना ज्यादै क्षिण् बन्दै गएका छन । प्राप्त जानकारी अनुसार यो समाचार तयारपार्दा सम्मको समयमा नेकपा एसले २ लाख ९८ हजार ३ सय ९१ मत मात्र प्राप्त गरेको छ ।