शुक्रबार, बैशाख १४, २०८१

एमालेका उम्मेदवार पौडेल विरुद्ध सर्वोच्चमा मुद्दा,धाँधली गरि चुनाव जितेको रास्वपाको आरोप

 काठमाडौँ मंसिर २१,
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट एमालेका उम्मेदवार विष्णु पौडेललाई निर्वाचनमा धाँधली गरि निर्वाचित गरिएको आरोप सहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।

पौडेलले दर्ता गराएको उजुरी निवेदनमा आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप जिकिर गरेका छन ।

स्मरण रहोस, रुपन्देही क्षेत्र नं.२ बाट एमाले उम्मेदवार पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै गर्दा निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।

पौडेलले आफ्नो रिट निवेदनमा निर्वाचित उम्मेदवार विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं। २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् ।