बिहिबार, बैशाख १३, २०८१

सकियो समानुपातिक प्रणालीको मतगणना,सात दललाइ राष्ट्रिय दलको मान्यता

काठमाडौँ मंसिर २१,
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणनाको काम सकिएको जनाएको छ । एक करोड ५ लाख ६० हजार ६७ कुल सदर मत मतगणनाको प्राप्त अन्तिम परिणाम अनुसार सात वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै आयोगले मतगणना सकिएसँगै थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल दलले पाउने सिट संख्याको टुंगो लगाएर दलहरुलाई आजै पत्राचार गरिने जानकारी दिएको छ । साथै थ्रेसहोल्डका लागि निर्धारण गरिएको ३ प्रतिशत अर्थात ३ लाख १६ हजार ८०२ मत प्राप्त गर्दै नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र ,जसपा,रास्वपा राप्रपार जनमत पार्टी राष्ट्रिय दल बन्न सफल भएको हो ।

यसवीचमा सत्ता गठबन्धनका घटक नेकपा एकीकृत समाजवादी दलले प्रत्यक्ष तर्फ १० सिटमा विजय प्राप्त गरेपनि थ्रेसहोल्ड कटाउन सकेन । सो दलले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय दल बन्न १८ हजार ४११ मत सो दललाई अपुग भएको जनाएको छ ।

यसरी थ्रेसहोल्ड कटाउने सात राजनीतिक दलले प्राप्त गरेको  मत समानुपातिकतर्फको ११० सिट बाडफाँटमा भाग लगाइने जानकारी दिदै आयोगले थ्रेसहोल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ मतसंगै नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको २ लाख ९८ हजार ३९१ मत पनि खेर गएको जनाएको छ ।

१.नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत= ३४ प्राप्त गर्ने भएको छ ।
२.नेपाली कांग्रेसले प्राप्त गरेको २७ लाख १५ हजार २२५ मत= ३२ सिट प्राप्त गर्ने भएको छ ।
३.नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत = १४ सिट पाउने भएको छ ।
४. राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४०  मत= १३ सिट पाउने भएको छ ।
५. राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत=  ७ सिट प्राप्त गर्ने भएको छ ।
६. जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१४ मत= ५ सिट पाउने भएको छ ।
७ .जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत= ५ सिट प्राप्त गर्ने भएको छ । यद्यपी यसवीचमा एक दुई सिट तलमाथि हुनसक्ने प्रवल संभावना रहेको छ ।