शुक्रबार, बैशाख १४, २०८१

नगरप्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरि कारबाही गर्न जिप्रका काठमाडौं निर्देशन

 काठमाडौं मंसिर १४,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगर वडा न११ थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन गएको महानगर प्रहरी नेपाल प्रहरीको टोलीमाथि सांघातिक आक्रमण गर्ने चार जनालाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको छ ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन गएको महानगरको टोलीमाथि आक्रामणकारीले घरेलु हातहतियार सहित अन्धाधुन्ध सांघातिक आक्रमण गरेसंगै १८ नगर प्रहरी घाइते भएको यसमध्ये तीन जनालाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो ।

यसैवीच आक्रमणविरुद्ध काठमाडौं महानगरले जिल्ला प्रशासन कार्यालयलाईजानकारी दिदै काठमाडौं प्रहरी परिसर टेकुमा दिएको जाहेरी दर्ता गरेको थियो । प्राप्त प्रमाणको आधारमा नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन बढाउन जिप्रकाले प्रहरीलाई निर्देशन दिएको हो ।