शुक्रबार, बैशाख ७, २०८१

गैर आवासीय नेपाली संघ बेलायतको प्रवक्तामा शर्मा

काठमाडौं मंसिर १४,
गैर आवासीय नेपाली संघ बेलायतले प्रवक्तामा शशांक शर्मा नियुक्त भएका छन् । नोभेम्वर २० मा मिडल्याण्डमा गैर आवासीय संघ बेलायतका कार्यसमिति अध्यक्ष सुनील बाबु खड्काको आध्यक्षतामा बसेको पूर्ण बैठकले संघका सह-कोषाअध्यक्ष समेत रहेका शर्मालाई संघको प्रवक्ताको ज़िम्मेवारी दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले गैरआवासीय नेपाली संघ बेलायतको आगामी कार्ययोजना  तर्जुमा गर्दै संघका उपाअध्यक्ष नारायण दत्त कंडेलको संयोजनमा गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतिको रक्षfर्थ नेपालको पछिल्ले परिवर्तित कानुन र गैर आवासीय नेपालीहरुको हक र अधिकारको बारेमा जानकारी गराउने लक्ष्य अनुरुप नेपाल बार एसोसियसनका अध्यक्ष र कानुनबिदहरुउपस्थितमा एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्ने भएको छ।

त्यसै गरी  बैठकले  गैर आवासिय नेपाली संघ बेलायतको सन्दर्भमा जनमानसमा सिर्जित भ्रम निवारणका लागि कार्यक्रमको आयोजनासंगै  नेपालमा मोबाइल ब्लड बैंकको लागि एम्बुलेन्स खरिद गर्न छिटैनै एक च्यारिटी सांझको आयोजना गर्ने र यसको संयोजनको जिम्मा अध्यक्ष सुनिल बाबु खड्कालाई दिएको छ ।