शुक्रबार, चैत्र १६, २०८०

बाजुरा र स्याङ्जा २ को मतगणना गर्न आयोगको निर्देशन

काठमाडौं मंसिर १४,
निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ को मतगणना सुरु गर्ने निर्देशन दिएको छ। आज बसेको आयोगको बैठकले नेकपा एमालेले बाजुरा र स्याङ्जा २ मा पुनःमतदान गर्नुपर्ने माग गर्दै दर्ता गराएको उजुरीको सवालमा यी दुइ क्षेत्रमा पुनःमतदान नभइ मतगणना गर्ने निर्णय सहितको निर्देशन दिएको हो ।

यसअघि धाँधली र बुथ क्ब्जाको आरोप लगाउँदै नेकपा एमालेले बाजुरा र स्याङ्जा २ मा पुनःमतदान गर्नुपर्ने माग राखेपछि मतगणना कार्य अवरुद्ध हुँदै आएको थियो ।यसैवीच मतगणना रोकिएको दोलखा विवादित स्थानमा म।सिर १५ अर्थात विहिवार पुनः मतदान हुँदैछ।