शनिबार, बैशाख १५, २०८१

६० वर्षपछि कार्यकारी पदमा बस्दिनँ, सदैव जनसेवामै समर्पित रहनेछु :  कल्पना धमला

 काठमाडौँ कार्तिक २५
काठमाडौं निर्वाचन क्षेत्र ९ मा सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाले आज सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा वोल्दै आफु ६० वर्षपछि कुनै पनि कार्यकारी पदमा नबस्ने प्रतिबद्धता संगै आफ्नो निर्वाचन क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना सहित काम गर्ने प्रतिवद्धता व्यक्त गनुृभएको छ।

काठमाडौ महानगरको वडा नं १२, १४, २१ र २२ तथा चन्द्रागिरि नगरपालिकाका वडा नं १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० सहित कुल ७२ हजार एक सय ७३ मतदाता रहेका काठमाडौं निर्वाचन क्षेत्र न ९ प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता भएको अन्य आकंक्षी मध्ये निकै अवल रहेकी सत्तागठबन्धन उम्मेदवार धमलाले राजधानीमा आज सञ्चारकर्मीसँगको भेटघाटको क्रममा आफु निर्वाचित भएपछि आफ्नो संविधानको मौलिक हक कार्यान्वयन, भ्रष्टाचार नियन्त्रणमा आफ्नो क्रियाशीलता प्रदर्शन गर्दै आफुले कहिले पनि राजनीतिलाई पेसाको रूपमा ग्रहण नगर्ने र सदेव जनताको सेवामै समर्पित रहने बताइन ।

साथै उहँँले किमार्थ मतदाताको शिर झुक्ने कुनै काम गर्नेछैन भन्दै आफ्नो निर्वाचन क्षेत्रमा विज्ञसँग छलफल गरेर मास्टर प्लान बनाउने, त्यस क्षेत्रमा भएका जलाधार क्षेत्रको उपयोग गरेर खानेपानी समस्या समाधान गर्ने, पर्यटन विकासमार्फत रोजगार बनाउने, सांस्कृतिक सहरको रूपमा विकास गर्ने, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने, बागमती र विष्णुमतीको संगमस्थललाई आधार बनाएर सफा पानी बग्ने अवस्था निर्माण गर्ने, मुख्य सडकमा फ्लाइओभर बनाउने, ट्रमा सेवासहितको अस्पताल, मोबाइल अस्पताल, विद्यालयको गुणस्तर बुढानीलकण्ठ मोडलमा सुधार गर्ने र प्राथमिकता निर्धारण गरेर अल्पकालीन र दीर्घकालीन योजना आफूसँग रहेको बताइन् ।