बिहिबार, बैशाख १३, २०८१

सिन्दुर जात्रा सहित यसरी मनाइयो चावहिल गणेश र भैरवनाथको जात्रा

काठमाडौं कार्तिक २५ ,
तत्कालीन मल्ल राजा भुपालेन्द्र मल्लको शासनकालमा सुरु भएको मानिने करिब ३०० वर्ष पुरानो काठमाडौँको चावहिलस्थित चन्द्रविनायक अर्थात चावहिल गणेश र भैरवनाथको जात्रा आज सम्पन्न भएको छ।

कात्तिक शुक्ल पूर्णिमाका दिनबाट चार दिनसम्म चावहिल क्षेत्रमा मनाइने यो जात्राको पहिलो दिन कात्तिक पूर्णिमाको साँझ मन्दिर परिसरमा ठूलो धुनि बाल्ने गरिन्छ । त्यस्तै जात्राको दोस्रो दिन गणेश र भैरवको रथहरू सजाउने र साँझ जात्रा सम्बन्धी विशेष पूजा गर्ने परम्परा रहिआएको छ भने जात्राको तेस्रो दिन सिन्दुर जात्रा सहित मूख्य जात्राको रूपमा मनाउँदै चन्द्रविनायक र भैरवनाथको रथारोहण गराउने गरिन्छ । त्यस्तै सोही दिन बेलुकी द्वारेद्वारा गणेश र भैरवको रथमा सिन्दूर चढाएपछि स्थानीय बाजागाजा सहित गणेश र भैरवको उठाउने र नचाउने परम्परा रहिआएको छ ।

मुलत चन्द्रविनायक र भैरवनाथको जात्राको क्रमममा भैरव र गणेशको दर्शन गर्नाले मानव शरीरमा आएका घाउ खटिरा निको हुने विश्वास रहेकै कारण जात्रामा असख्य भक्तजनको भीड लाग्ने गर्छ । त्यस्तै जात्राको अन्तिम दिन रथहरूलाई विभिन्न चोक र स्थानहरूको परिक्रमा गराई राति द्धारेले गणेश र भैरवको मूर्तिमा पुनः सिन्दूर चढाई विधिवत रूपमा चारदिने जात्रा सम्पन्नको समापन हुँने जात्रा समन्वय समितिले जनाएको छ।

त्यस्तै आजको जात्रामा आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र न ४का संघीय उम्मेदवार एवम नेपाली काँग्रेसका महामन्त्री गगन थापाको उपस्थितले जात्रालाइ थप रौनक बनाएको थियो ।