शुक्रबार, बैशाख ७, २०८१

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महानगरले सहयोग गर्नेछ : प्रमुख साह

काठमाडौँ कार्तिक २५
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह ९बालेन० ले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताउनुभएको छ । आज वडा १२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको निरीक्षणको क्रममा भौतिक, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा जानकारी लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

त्यस्तै पाठ््यक्रमसँगै अतिरिक्त क्रियाकलापहरुमा खेलकुद, गायन, संगीत, चित्रकला, प्राविधिक क्षेत्रका इञ्जिनियरिङ्, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्नेमा जोड दिदै यसको लागि विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउने बताउनुभयो ।
त्यस्तै प्रमुख साहले त्यसअवसरमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार क्लव ९स्टीम क्लब० का विद्यार्थीहरुले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गर्नुभएको थियो । अवलोकनका विद्यालयको समग्र स्थितिका विषयमा प्रधानाध्यापक रविना महर्जनले जानकारी गराउनुभएको थियो ।

काठमाडौं महानगरको वडा न् १२ स्थित विद्यालय ३ आना ३ पैसा जमिनमा रहेको ५ तले भवनमा छ । भवनका १८ वटा कोठामा कक्षा सञ्चालन रहेको छ भने विद्यालयमा स्टीम क्लव, किशोरी क्लव, साहित्यिक क्लव, ९डिजास्टर रिक्स रिडक्सन० डीआरआर क्लव, इको क्लव, बाल क्लव छन् । यसैगरी आईसीटी ल्याब, इलेक्ट्रोनिक ल्याब, केमेष्ट्री र बायोलोजी ल्याब, पुस्तकालय र ईलर्निङ्गलगायत कक्षा रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031