शुक्रबार, बैशाख १४, २०८१

आज लौह पुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं कार्तिक २४ ,
लौह पुरुष गणेशमान सिंहको आज १०८औँ जन्मजयन्ती मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका सर्वोच्च नेता सिंहको जन्मजयन्तीका अवसरमा विहान काठमाडौं महानगरपालिका वडा १५स्थित शोभा भगवतीमा उहाँको शालिकमा माल्यार्पण संगै राजधानीको रत्पार्कस्थित शान्तिवाटीकामा पनि  विशेष  कार्यक्रमको आयोजना गरिने भएको छ ।

त्यस्तै मुलुकमा जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्वलगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान गर्नुभएका नेता सिंहको स्मृतिमा आजै गणेशमान सिंह प्रतिष्ठानले नयाँ पुस्तक समेत सार्वजनिक गर्ने भएको छ।

त्यस्तैविसं २०४६ को जनआन्दोलन सफलभएसंगै नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरण प्रस्तुत गर्दै उहाँल तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

काँग्रेसको संस्थापक नेता विपी कोइरालाको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी नेता सिंहले विसं २०४६ मा कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्दै उक्त आन्दोलनका सर्वोच्च कमाण्डरको जिम्मेवारी वहन गर्दै बहुदलीय प्रजातन्त्र स्थापना गर्नुभएको थियो ।