बुधबार, बैशाख १२, २०८१

उम्मेदवारको त्याग र इतिहासलाई हेरेर काठमाडौं १ का मतदाताले मताधिकार प्रयोग गर्ने नेता सिंहको विस्वास

काठमाडौं कार्तिक २४ ,
नेपाली कांगेसका नेता प्रकाशमान सिंहले सर्वोच्च नेता गणेशमान सिंहको १०८औँ जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका–१० जोगीकुटीस्थित सुवर्ण पार्कमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाइ हेरेर मत दिन आग्रह गरेका छन्।

आगामी मंसिर ४ गते हुने आम निर्वाचन लक्षित हुँदै जारी रहेको चुनावी घरदैलौ कार्यक्रमका अन्र्तगत आयोजित कार्यक्रमलाइ सम्बोधन गर्ने क्रमममा नेता सिंहले भने गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको भन्दै प्रकाशमानले अहिले पनि त्यो कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको बताउँनुभयो ।

त्यस्तै उहाँले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न त भएन नि भन्दै काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँँले काठमाडौं क्षेत्र नम्बर १ मा व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि सुविधासम्पन्न भवन बनिरहेको जानकारी दिदै खानेपानीको समस्या समाधानका लागि पनि आफूले पहल गरिरहेको जानकारीसंगै पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर क्षेत्र नम्बर १ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने विस्वास व्यक्त गर्नुभयो ।