शुक्रबार, बैशाख १४, २०८१

लोकतन्त्रमा मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कल्पना गर्न सकिन्छ: मन्त्री श्रेष्ठ

नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीच भएको गठबन्धन आफैमा ऐतिहासिक, संविधानको रक्षाका लागि जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड

काठमाडौं कार्तिक २३,
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको साक्षात्कार कार्यक्रममा वोल्दै नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आसन्नआम निर्वाचनमा बढीभन्दा बढी जनसहभागिताका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउँनुभएको छ। त्यस्तै उहाँले आसन्न निर्वाचन केवल निर्वाचनको लागि निर्वाचन नभएर राजनीतिक उपलब्धिका साथै यो वा त्यो नाममा संविधानको मर्म माथि प्रहार गर्न हौसिएका लोकतन्त्रको आवरणमा रहेका अराजक शक्तिलाइ निस्तेज बनाउँनका लागि भएको बताउँनुभयो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका मन्त्री श्रेष्ठले आसन्न् निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीच भएको गठबन्धन आफैमा ऐतिहासिक भएको बताउँदै निर्वाचनपछि बन्ने सरकारमा समेत अहिलेको गठबन्धनलाई निरन्तरता दिइने बताउनुभयो । साथै उहाँले मुलुकको पत्रकारिता जगतले जनमानसमा वाम लोकतान्त्रिक गठबन्धनको आवश्यकता रऔचित्य माथि प्रकाश पार्दै यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्नेआवश्यकता समेत औल्याउँनुभयो ।

त्यस्तै आसन्न निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र ८ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले जनसर्घषबाट प्राप्त राजनीतिक उपलब्धि र संविधानको रक्षाका लागि गठबन्धन दलका सबै उम्मेदवारलाइ मतदान गर्नुपर्नेमा जोड दिदै लोकतन्त्रमा मात्रै संवैधानिक ग्यारेन्टी सहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको कल्पना गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले उपत्यका प्रदेश समितिको कार्यकक्षमा स्वागत गर्दै मुलुकमा संघीयता घोषणा भएयता संरचनागत प्रारुपमा नेपाल पत्रकार महासंघले संघीय संरचनाको पहिलो अभ्यास गरेको  जानकारी  सहित उपत्यका प्रदेश  समितिको  मौजुदा अवस्थाको विषयमा    जानकारी  दिनुभयो  ।  साथै उहाँले आसन्न आम निर्वाचनसंग सम्बन्धित सत्यतथ्य र निष्पक्ष सूचना मतदातावृतमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै यसको लागि उपत्यका प्रदेश समतिले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनु भयो । साक्षत्कार कार्यक्रममा समितिका उपाध्यक्ष रोजिना थापा र महासचिव टेकबहादुर रोका लगायतले आसन्न निर्वाचनलाई स्वतन्त्र, भयरहितरूपमा सम्पन्न गराउन आफ्नो संस्थाको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने बताउनु भयो ।