बिहिबार, चैत्र १५, २०८०

आचार सहिताको अवज्ञा गर्ने दुस्साहस किमार्थ स्वीकार्य हुन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौ कार्तिक २३,
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरूपमा सम्पन्न गराउन आयोगले जारी गरेको निर्वाचन आचार सहिताको अवज्ञा गर्ने दुस्साहस किमार्थ स्वीकार्य नहुने बताउनुभएको छ।

ऋायोगले आज युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले जारी आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी दिनुभएको हो ।

त्यस्तै उहाँले आसन्न निर्वाचनलाइ सम्पन्न गर्न छलफलमा सहभागी युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै आचारसंहिताको उल्लघङ्न पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिन समेत आग्रह गर्नुभएको छ।