शनिबार, बैशाख १५, २०८१

काँग्रेस केन्द्रीय सदस्य कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित

ललितपुर कार्तिक २२,
नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइराला सहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । मंसिर ४ गते हुने निर्वाचनमा पार्टीको निर्देशन विपरीतका क्रियाकलापमा संग्ल्गन भएकाहरुलाई काँग्रेस केन्द्रीय अनुशासन समितिले निष्काशन गरेको हो ।

समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले आज जारी गर्नु भएको विज्ञप्तिमा बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्काशन गरेको उल्लेख गरिएको छ ।

त्यस्तै  जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७[संशोधनसहित] को धारा ३४ को उपधारा ४(क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ ।

साथै, त्यस्ता वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइनेछ । तसर्थ तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाई दिनसमेत निर्देश गरिन्छ ।