मङ्लबार, बैशाख ११, २०८१

परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने : आयोग

 काठमाडौं कार्तिक २२,
निर्वाचन आयोगले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।

यसअघि आयोगबाट जारी मतदाता परिचयपत्र भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्थालाइ दृष्टिगत गर्दै परिचयपत्र भएका व्यक्तिले परिचयपत्रको आधारमा र नभएका व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनु भएको छ।