शनिबार, बैशाख १५, २०८१

निर्वाचन क्षेत्रको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाइ निर्वाचित गराउँन अपिल

काठमाडौं कार्तिक २२,
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारका लागि काठमाडौं निर्वाचन क्षेत्र न.८ का सत्ता गठबन्धनका उम्मेदवारले आज आफ्नो चुनावी घरदैलो कार्यक्रम अन्र्तथत महानगर वडा न १३ का मतदातासमक्ष मत माग्नु भएको छ।

घर दैलौ कार्यक्रममा काठमाडौं ८ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठ र सोही निर्वाचन क्षेत्रको क प्रदेशसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी समानुपातिक तर्फका संघीय उम्मेदवार काँग्रेस नेतृ सपना राजभण्डारी सहितको सयुक्त -यालीले वडा न १३ को भिममुक्तेस्वर ,धौखेल,निलबाराही ,खुशी बहि क्लब गल्ली लगायतको क्षत्रमा घरदैलो गर्दै काठमाडौं क्षेत्र न ८को समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाइ निर्वाचित गराउँन अपिल गर्नुभएको थियो ।