शुक्रबार, बैशाख १४, २०८१

संघीय उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री खतिवडालाई चुनाव प्रचारकै क्रममा हाने झापड

 काठमाडौं कार्तिक २२,

मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई चुनाव प्रचारकै क्रममा एकजना स्थानीयले कुटपिट गरेका छन्।

चुनाव प्रचारका क्रममा नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका खतिवडालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयबासी पुरुषोत्तम खड्काले झापड हानेका हुन्।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका९४ मा भोट माग्न पुगेका खतिवडा गाडीबाट ओर्लिनेबित्तिकै करिब ५० वर्षीय खड्काले दुई झापड हानेका हुन्।