शुक्रबार, बैशाख १४, २०८१

डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार नाघ्यो

 काठमाडौं कार्तिक २१,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्राप्त पछिल्लो तथ्याङ्कअनुसार देशैभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेका जनाएको छ।

त्यस्तै मन्त्रालयले कुल संक्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना सङ्क्रमित रहेको जनाएको छ। त्यस्तै दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा १ हजार नौ सय ३३ जना संक्रमित रहेको जानकारीदिएको छ।

त्यस्ते मन्त्रालयले प्रप्त तथ्याङ्कअनुसार बागमती प्रदेशको काठमाडौ जिल्लामा मात्र सङ्क्रमितको सङ्ख्या १३ हजार सात सय ३२ र ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६ जना संक्रमित रहेको जानकारीदिएको छ। साथै मन्त्रालयले डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको जानकारीदिएको छ।