बिहिबार, बैशाख १३, २०८१

महानगर प्रमुख साहले भने- आफ्नो नाम प्रयोग गर्ने दल वा उम्मेदवारलाइ कारवाही गर्दा हुन्छ

काठमाडौं कार्तिक २१,
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले निर्वाचन आयोगलाई आफ्नो हाम्रो नेपाली पार्टीसँग कुनै पनि किसिमको आबद्धता नभएको जनाउ दिएको थाहा भएको  छ।

निर्वाचन आयोगले काठमाडौँ महानगर प्रमुख साहलाइ हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख साहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्ट पार्न निर्देशन सहित गरेको पत्राचारको जवाफ दिदै निहित स्वार्थका लागि आफ्नो नाम प्रयोग गर्ने दल वा उम्मेदवारलाइ कारवाही गर्न मार्ग प्रसस्त गरेको हो ।

आयोगले साहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्ट पार्न भनेको थियो ।