शुक्रबार, बैशाख १४, २०८१

महानगर वडा न. २३ मा सत्ता गठबन्धनको चुनावी घरदैलो ,मतदाताहरु उत्साहित

काठमाडौँ कार्तिक २०,
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारका लागि काठमाडौं निर्वाचन क्षेत्र न. ८ अन्र्तगत महानगर वडा न २३ मा आज सत्ता गठबन्धनको सयुक्त निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालयको विधिवत शुभारम्भ गरिएकोछ।

निर्वाचन क्षेत्र न. ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठ र सोही निर्वाचन क्षेत्रको क प्रदेशसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले सयुक्त रुपमा सम्पर्क कार्यालयको शुभारम्भ गर्नु भएको हो ।

त्यसलगत्तै गठबन्धन दलको तर्फबाट प्रतिनिधिसभातर्फ नेकपा एसका नेता जीवनराम श्रेष्ठ र क प्रदेशसभातर्फ उम्मेदवार रहनु भएका काँग्रेस नेता राजुराज जोशी, त्यस्तै समानुपातिक तर्फका संघीय उम्मेदवार काँग्रेस नेतृ सपना राजभण्डारी सहितको सयुक्त भेलाले आज क प्रदेश अन्र्तगत रहेको महानगरको वडा २३ मा उम्मेदवार सहितको -यालीले वडा न २३मा घरदैलौ गर्दै मतदाताहरुसमक्ष निर्वाचित गराउँन अपिल गर्नुभएको थियो त्यसअवसरमा  स्थानीय मतदाताहरुले  उम्मेदवारहरुलाइ बधाइ सहित यसपटक सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत जाहेर गर्ने उत्साह देखाउँनु भएको थियो ।

कोटलाक्षी , चिंकमुगल, मजिपात, मरु ग्वाछेमु गल्ली, लायकुसा ,धर्मपथ ,सिद्धिचरण चोक, ओमवाहाल, अट्कोनारायणस्थान लगायतका क्षेत्रमा आज पहिलो घरदैलौ अभियान सञ्चालन गरिएको काठमाडौं काँग्रेस क्षेत्र न. ८ क प्रदेश सचिव सुसान बैद्यले   जानकारीदिनुभयो ।