शुक्रबार, बैशाख १४, २०८१

जुवाखालमा प्रहरीको छापा, २ लाख ४२ हजार सहित १० जुवाडे पक्राउ

काठमाडौं कात्तिक २०
काठमाडौं महानगरपालिका १६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको पाएसंगै प्रहरी वृत्त लैनचौरले छापा मार्ने क्रममा नागार्जुन नगरपालिका९१ बस्ने ४३ वर्षीय रोशन ठकुरी सहित १० जनालाइ पक्राउ गरेको जनाएको छ।

त्यस्तै प्रहरीले पक्राउ परेका जुवा खालबाट २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र ११ वटा मोबाइल सहित पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।