शुक्रबार, बैशाख १४, २०८१

निर्वाचन लक्षित जुलुस, आमसभा र कोणसभा कात्तिक १७ देखि मङ्सिर १ सम्म मात्र :आयोग

काठमाडौं कार्तिक १४ ,
निर्वाचन आयोगले आसन्न आम निर्वाचन लक्षित हुँदै उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ ।

त्यस्तै आयोगले आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको वर्खिलाप कुनै पनि गतिविधी नगर्न सचेत समेत गराएके छ ।

त्यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि स्मरण समेत गराएको छ ।