शुक्रबार, चैत्र १६, २०८०

 ३ दशक अघिदेखि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रचण्डको उद्घोष

काठमाडौं कार्तिक १४ , 

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आज आफ्नो आसन्न आम निर्वाचन लक्षित हुँदै सार्वजनिक गरेको चुनावी घोषणापत्रमा २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका सवै व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै माओवादी केन्द्रको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै उहाँले पार्टीको घोषण पत्रमा २०४७ सालको परिवर्तनपछि कार्यकारी पदमा रहेका सरकारका प्रधानमन्त्री एवं मन्त्री, संवैधानिक निकायका प्रमुख एवं सदस्य, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारी र विशिष्ट श्रेणीका कर्मचारीको सम्पत्ति छानबिन गर्ने जनाउँदै यसका लागि उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिने प्रतिबद्धता समेत जनाएका छन ।

त्यस्तेमुलुकमा बढ्दो भ्रष्टाचारको अन्त्यका संगै सुशासन सहितको राजनीतिक स्थायित्वका लागि जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन आवश्यक रहेको जनाउ सहित यसवीचमा सिर्जित चरम व्यापार घाटा न्यूनीकरण गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान ठोस नीति र कार्ययोजना बनाइ कार्यान्वयन गरिने प्रतिबद्धतासमेत माओवादी केन्द्रले जनाएको छ।

साथै उहाँले कार्यक्रलाइ सम्बोधनको क्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको जनाउ समेत दिनुभयो ।