शुक्रबार, चैत्र १६, २०८०

डा कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय उपर आज प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौ कात्तिक १५,

आयोगको उम्मेदवारी खारेज गर्ने सवालमा गरेको निर्णय विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार डा। तोसिमा कार्कीले दर्ता गराउँनुभएको रिट निवेदन उपर आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनमा आफुले दिएको उम्मेदवारी गैरसंवैधानिक रूपमा खारेज गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार डा। तोसिमा कार्कीले सर्वोच्च अदालतमा सोमवार रिट दर्ता गर्नुभएको हो ।

स्मरण रहोस आयोगले कात्तिक १२ गते नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त भूमिका संविधानको परिभाषाअनुसार लाभको पद रहेको भन्दै डा कार्कीको मनोनयन रद्द गरेको थियो।

आयोग विरुद्ध दायर रिटमा डा कार्कीले आयोगको निर्णय कार्यान्वयन नगर्न नगराउँन माग गर्दै आफ्नो उम्मेदवारी कायम गर्न आदेश माग गरेको छ।