सोमवार, बैशाख १७, २०८१

न्यूनचापीय प्रणाली कमजोर बन्दै ,विहीवारबाट नेपालको मौसममा पूर्णतया सुधार हुने

 काठमाडौं असोज २५,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय मौसमी उतारचढावको कारक बन्दै आएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी विहीवारबाट नेपालको मौसममा पूर्णतया सुधार हुने जना सहित यसवीचमा मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर हुँदै गएको जनाएको छ ।

त्यस्तै मनसुन बाहिरिन अझै एक साता लाग्ने जानकारीसंगै न्यूनचापीय प्रणालीका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमती र लुम्बिनी प्रदेशका एकाध स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिन मार्फत जनाएके छ । त्यस्तै प्रदेश नं १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावनाऔल्याएको छ ।