सोमवार, बैशाख १७, २०८१

वाङ्मय शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं असोज २५,
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । उहाँको ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । अस्पतालले सोमबार साँझ जारी प्रेस विज्ञप्तिमा जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा आइतबारदेखि जोशीलाइ डेङ्गु संक्रमण संगै छातीमा निमोनियाको सङ्क्रमण र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि आईसीयूमा राखी उपचार गर्नेक्रममा केही सुधार देखिए पनि खतरामुक्त नरहेको उयल्लेख गरिएको छ।