सोमवार, बैशाख २४, २०८१

समानुपातिकको बन्दसूचीको अन्तिम नामावली कात्तिक ९ मा सार्वजनिक हुने

काठमाडौं असोज २४ ,
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्र्तगत समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवार विरुद्ध असोज २९ गतेसम्म दाबी विरोध गर्न पाइने जनाएको छ।

त्यस्तै आयोगले यसरी निर्धारित समयभित्र प्राप्त दावी विरोधको छानविन गरि कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ।

त्यस्तै उहाँले समानुपातिकतर्फ सिट प्राप्त गर्न कुनै पनि दलले प्रतिनिधिसभामा कूल सदर मतको तीन प्रतिशत र प्रदेशसभामा एक दशमलव ५ प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने जानकारी दिदै प्रस्तावित मत प्रतिशत प्राप्त गर्न नसक्ने दलले समानुपातिकतर्फको सिट प्राप्त गर्न नसक्ने आयोगले जनाएको छ। साथै दलले प्राप्त गर्ने मतको आधारमा समानुपातिकतर्फका उम्मेदवारहरूको समूहअनुसार सबैभन्दा अघिल्लो पङ्क्तिमा रहेका उम्मेदवार क्रमशः निर्वाचित गरिने आयोगले जनाएको छ। ।