सोमवार, बैशाख २४, २०८१

उल्टो खटको जात्रासहित यसरी मनाइन्छ कहिँ नभएको जात्रा हाँडी गाउँमा

काठमाडौं असोज २४ ,
काठमाडौंको हाँडी गाउँमा मनाइने कहिँ नभएको जात्रा आज सम्पन्न भएको छ । यो जात्रामा मुख्य विशेषता भनेको खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्नु रहेको छ । त्यस्तै देवताको खटलाई डोरीले घुमाएर जात्रा गर्ने परम्परागत प्रचलनका कारण यो जात्रालाई कहिँ नभएको जात्रा भनिएको हो ।

कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने सन्दर्भमा प्रचलित किवदन्ती अनुसार एकपटक गर्भवती भएका दुई दिदीबहिनी एकान्त स्थान बसेर कुराकानी गर्दै थिए । दिदीले भनिछ ‘बच्चा जन्माउन धेरै गाह्रो हुने हो कि रु मेरो त नारायण देवता सहारा हुनुहुन्छ उहाँकै भरोसा लिइरहेकी छु’ यो कुरा सुनेर बहिनीले भनिछ, ‘भगवान् सगवान् आएर बच्चा जन्माइदिने हो र रु मैले त आफैले बच्चा जन्माउन सक्छु भनेर घमण्ड गरिछन ।’

समय भएपछि दिदीचाहिंले सजिलैसँग बच्चा जन्माइन् रे । अनि देवतालाई विश्वास नगर्ने बहिनीचाहिँले १२ महिना भए पनि बच्चा जन्माउन सकिनन् रे । त्यसपछि के कति कारणले यस्तो भएको हो भन्दै ज्योतिषीलाई देखाउँदा बहिनीले भगवानलाई विश्वास नगरेको र अपमान गरेकाले त्यस्तो भएको हो भन्दे ज्योतिषीले देवतासँग माफी माग्नुपर्छ भनेछ । ज्योतिषीको सल्लाहअनुसार बहिनीले नारायण भगवानलाइ खुसी पार्न संसारमा कहीं नभएको जात्रा गर्ने र कतै नभएको फूल चढाउने भाकल गरिन् रे । त्यही समयदेखि हाँडी गाउँमा उल्टो खटको जात्रा गर्ने चलन का सुरुवात भएको हो भन्नेजनश्रुती रहेको पाइन्छ ।